लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान । || Nepal Airlines Corporation
लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान ।

16 Nov, 2018


नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति व्यवस्थापन विभाग
सवारी शाखा
कान्तिपथ, काठमाडौ
सम्पर्क फोन नं. : ४२२०७५७ Ext. 3113

लिलाम बिक्री सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान ।
(दोश्रो पटक प्रकाशित मितिः २०७५-०७-३०)


        
यस निगमको सवारी शाखामा रहेका पुराना कार, भ्यान, मोटरसाइकलहरु तथा मारुती स्टिम र टोयोटा भ्यानका Stock मा रहेका प्रयोग विहिन Spare Parts समेत लिलाम बिक्रि गर्ने सम्बन्धी बोलपत्र आह्वान गरिएको छ । अतः इच्छुक व्यक्ति, फर्म वा संस्थाहरुबाट यो सूचना गोरखापत्रमा दोश्रो पटक प्रकाशित भएको मितिले ७ दिनसम्म रु. १,०००।– (अक्षरुपीः एक हजार रुपैया मात्र, फिर्ता नहुने) तिरी निगमको केन्द्रीय कार्यालय, कान्तिपथ, काठमाण्डौ स्थित दर्ता चलानी शाखाबाट कार्यालय खुल्ला रहने समयभित्र बोलपत्र फाराम प्राप्त गर्न सकिने छ । प्राप्त बोलपत्रमा उल्लेखित प्रावधान एवं शर्तहरुको अधिनमा रही यो सूचना गोरखापत्रमा दोश्रो पटक प्रकाशित भएको मितिले ८ औं दिन, दिनको १२ः०० बजेसम्ममा सिलबन्दी बोलपत्र दर्ता गराइसक्नु पर्नेछ र सोही दिन, दिनको १४ः०० बजे निगमको सवारी शाखामा सिलबन्दी बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा सो बोलपत्र खोलिने छ । बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा उक्त दिनहरु क्रमशः त्यसको भोलिपल्ट कार्यालय खुल्ला रहने दिनलाई मानिने छ । अन्य जानकारीको लागि निगमको सवारी शाखामा सम्पर्क राख्न सकिनेछ ।