|| Nepal Airlines Corporation
वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई सिमुलेटर तालिममा पठाउने बारे

22 Dec, 2017


यस निगममा सेवारत वरिष्ठ क्याप्टेन सुवर्ण अवालेलाई सिमुलेटर तालिममा पठाउने बारे विभिन्न चर्चा परिचर्चा भएकोमा निजलाई सिमुलेटर तालिममा पठाउन प्रचलित ऐन, कानून तथा नेपाल वायुसेवा निगमको ऐन, नियम, विनियमले कुनै पनि व्यवधान नगरेकोले तालिममा पठाइएको व्यहोरा अवगत गराइन्छ ।
साथै, कुनै पनि निकायहरुबाट निज अवालेलाई सिमुलेटर तालिममा जान रोक नलगाएको र नेपाल सरकार, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तोकेको शर्तहरु पालना गर्ने गरी निजलाई सिमुलेटर तालिममा पठाइएको हो । विमान चालकहरुको उडान अनुमतिपत्र अध्यावधिक गर्न सिमुलेटर तालिम अत्यावश्यक रहेको हुन्छ र कुनै कानुन तथा निगमको विनियमावलीले निषेध नगरेको सन्दर्भमा निजलाई सिमुलेटर तालिममा पठाइएको हो ।

 


Download ( 2.72MB )