Preloader

दायित्व सीमितिकरण सम्बन्धमा अन्तरराष्ट्रिय यात्रीहरुलाई सल्लाह:

यात्रा प्रारम्भ हुने देश बाहेक अरु कुनै देशमा अन्तिम गन्तव्य स्थान हुने वा यात्रा अन्त गर्ने यात्रीहरुलाई सल्लाह लिइन्छ कि यस्तोमा वार्सा कन्भेन्सन भन्ने सन्धिको व्यवस्था, यात्रा प्रारम्भ गरिने वा गन्तव्य स्थान भएको देश भित्र पर्ने ठाउहरु समेत सम्पूर्ण यात्रा लागु हुन सक्छ । संयुक्त राज्य अमेरिकाका लागी वा बाट वा संयुक्त राज्यमा रुकने गरी यात्रा गर्ने त्यस्ता यात्रीहरुलाई लागु हुने दर रेटमा, उल्लेखित कन्भेन्सन र परिबहन सम्बन्धी विशेष करारनामा अनुसार केही बाहकहरुको दायित्व यस्तो विशेष करारनामामा दिइए अनुसार यात्राको मृत्यू वा चोट पटक बापत प्रायशः प्रति यात्री ७५,०००।– अमेरिकी डलर भन्दा बढी हुने छैन र सो हद सम्मको दायित्व बाहकबाट भएको लापरवाहीमा आधारित हुने छैन । यस्तो विशेष करारनामा अन्तरगत नपरेको बाहकद्धारा यात्रा गरी रहेको अथवा संयुक्त राज्यका लागी वा बाट वा संयुक्त राज्य अमेरिका भित्रै बिचमा रोकिने गरी यात्रा गरी नरहेका यात्रीको मृत्यू वा व्यक्तिगत घाउ चोट पटकको लागी बाहकको दायित्व धेरै जसो अवस्थामा प्रायः अमेरिकी डलर १०,०००।– वा २०,००० सम्ममा मात्र सीमित हुनेछ ।

यस्तो विशेष करारको पक्ष भएका बाहक पार्टिहरुको नाम यस्तो बाहकहरुको टिकट बिक्रि गरिने कार्यालयमा उपलव्ध हुन्छ र अनुरोध गरी हेर्न सकिन्छ । कुनै प्राइभेट कम्पनीसंग बिमा खरिद गरी थप सुरक्षा प्राप्त गर्न सकिन्छ । वार्सा कन्भेन्सन अथवा परिबहन सम्बन्धी विशेष करारनामा अन्तरगत बाहकको दायित्वको सीमितिरणले त्यस्तो बिमालाई कुनै असर पार्ने छैन । अरु सूचनाको लागी कृपया तपाईको हवाई वा बिमा कम्पनीको प्रतिनिधीसंग परामर्श गर्नु होला । 

नोट — माथि उल्लेखित यू . एस डलर ७५,००० को दायित्व सम्बन्धी सीमाभित्र कानूनी फी र विभिन्न खर्च समेत समाबिष्त छ । तर कानून फी र खर्च भराइने भिन्नै व्यवस्था भएको राज्यमा उजुरी पर्दा कानूनी फी र खर्च बाहेक दायित्वको रकम यू . एस. डलर ५८,००० को हुनेछ ।
 

नोट — नेपाल वायुसेवा निगम उपरोक्त विशेष करारनामाको पार्टि होइन