केन्द्रिय कार्यालय र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा चमेनागृह सञ्चालन सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना || Nepal Airlines Corporation
केन्द्रिय कार्यालय र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा चमेनागृह सञ्चालन सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना

29 Dec, 2021


नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पत्ति ब्यवस्थापन बिभाग
केन्द्रिय कार्यालय र त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा चमेनागृह सञ्चालन सम्बन्धि सिलबन्दी बोलपत्र आह्वानको सूचना
(प्रथम पटक सूचना प्रकाशित मिति : २०७८।०९।१४

निगमको केन्द्रिय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल स्थित ईन्जिनियरिङ मेण्टिनेन्श बिभागको परिसरमा रहेको आर. ए. क्यान्टिन सञ्चालन गर्नु पर्ने भएको हुँदा, नेपाल सरकारबाट सो सम्बन्धि कार्य गर्न ईजाजत प्राप्त ईच्छुक अनुभवी फर्म-संस्था-कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । दुवै स्थानका लागि छुट्टा छुट्टै बोलपत्र फारम खरिद गरी छुट्टा छुट्टै पेश गर्नुपर्नेछ । बोलपत्र फाराम, यो सूचना गोरखापत्रमा प्रथमपटक प्रकाशित मितिले ३० दिनभित्र प्रति बोलपत्र फारम रु. ३००० ।– (अक्षरुपी : तिन हजार मात्र, फिर्ता नहुने) तिरी निगमको दर्ता चलानी शाखाबाट प्राप्त गर्न सकिने र प्राप्त बोलपत्रमा उल्लेखित प्रावधान एवं शर्तहरुको अधिनमा रहि यो सूचना गो. प. मा प्रथमपटक प्रकाशित भएको मितिले ३१ औं दिनभित्र, दिनको १२ः०० बजेसम्ममा दर्ता गराईसक्नुपर्ने र सोही दिन दिनको १४ः०० बजे यस निगमको सम्पत्ति ब्यवस्थापन तथा सवारी महाशाखामा सिलबन्दी बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा खोलिनेछ । यदि उक्त दिन सार्वजानिक वा कुनै आकस्मिक बिदा पर्न गएमा त्यसको भोलिपल्ट कार्यालय खुला रहने दिनलाई मानिने छ । यस सम्बन्धि विस्तृत जानकारी प्राप्त बोलपत्रको वेबसाइट मा पनि हेर्न सकिनेछ ।