हङकङ उडानमा जाने यात्रुहरुका लागि  होटल बुकिङ्ग सम्बन्धी सूचना || Nepal Airlines Corporation
हङकङ उडानमा जाने यात्रुहरुका लागि  होटल बुकिङ्ग सम्बन्धी सूचना

20 Dec, 2020



हङकङ उडानमा जाने यात्रुहरुका लागि 
होटल बुकिङ्ग सम्बन्धी सूचना !

कोभिड–१९ को सङक्रमणको जोखिम र यसको रोकथामका लागि हङकङ सरकारले विभिन्न मितिमा तय गरेका स्वास्थ्य सम्बन्धी प्रोटोकलहरुमा समयानुकूल परिवर्तन गर्दै आएको छ । अन्तर्राष्ट्रिय सीमाबाट हङकङ प्रवेश गर्ने यात्रुहरुले विगतमा आँफूले छनौट गरेको होटलमा क्वारेन्टिनको लागि बस्न पाउने व्यवस्था रहेकोमा हङकङ सरकारले उक्त व्यवस्थामा परिवर्तन गर्दै सरकारले तोकेको होटलहरुमा मात्र क्वारेन्टिनका लागि बस्न पाउने गरी   स्वास्थ्य सम्बन्धी प्रोटोकलमा परिवर्तन गरेको हुँदा नेपाल वायुसेवा निगमको उडानबाट हङकङ जाने यात्रुहरुले अनिवार्य रुपमा हङकङ सरकार, स्वास्थ्य विभागले तोकेको होटलमा मात्र बुकिङ्ग गरी सो होटल बुकिङ्ग निश्चितता (Booking Confirmation) को प्रमाण, उडानको ४८ घण्टाभित्र स्वाव दिएको RT-PCR नेगेटिभ (Negative) प्रमाणपत्र, Valid Visa लगायतका अन्य आवश्यक कागजातहरु काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चेक–इन काउन्टर तथा हङकङस्थित अध्यागमन काउन्टरमा पेश गर्नुपर्ने हुँदा सम्पूर्ण यात्रुहरुले सरकारले तोकेका होटलहरुमा मात्र क्वारेन्टिनका लागि बुकिङ्ग गर्नुहुन सम्बन्धित सबै यात्रु महानुभावहरुलाई अनुरोध गरिन्छ । 
हङकङ सरकारले क्वारेन्टिनका लागि बस्न पाउने गरी तोकेको होटलहरुको सूची तल दिइएको लिङ्कमा गई हेर्न सक्नुहुनेछ ।

https://www.coronavirus.gov.hk/pdf/designated-hotel-list_en.pdf

नेपाल वायुसेवा निगम
कान्तिपथ, काठमाडौं ।