- 26 Dec 2022
बोलपत्र आह्वान सम्बन्धमा : IT Office Equipment’s
नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पती व्यवस्थापन विभाग
न्यूरोड, कान्तिपथ, काठमाडौँ
बोलपत्र आह्वान सम्बन्धमा
(प्रथम पटक सूचना प्रकाशित मिति २०७९-०९-११)
यस निगमलाई आ.व. २०७९।०८० का लागि IT Office Equipment’s आवश्यक भएको हँुदा निगमबाट उपलब्ध गराएको बोलपत्र फाराममा उल्लेखित शर्तहरुको अधीनमा रही योग्य बोलपत्र दाताहरुबाट गोरखापत्रमा प्रकाशित भएको मितिले ३१ औं दिनको १२ः०० बजे भित्र बोलपत्र (E-bidding/e-GP) को माध्यमबाट पेस गर्न सूचना प्रकाशित गरिएको छ । बोलपत्रको कागजात सम्बन्धमा सार्वजनिक खरिद अनुगमन कार्यालयको वेभसाइट www.bolpatra.gov.np/egp, यस सूचनाका सम्बन्धमा थप केही जानकारीका लागि निगमको खरिद शाखामा समेत सम्पर्क राख्न सकिनेछ ।
सम्पर्क फोन नं. ४२४८६१२, ४२२०७५७ एक्सटेशन नं. २२१२