- 04 Jan 2023
नेपाल बायुुसेवा निगम पसलकवल तथा घरभाडा सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान
नेपाल बायुुसेवा निगम
पसलकवल तथा घरभाडा सम्बन्धी सिलबन्दी बोलपत्र आह्वान
(प्रकाशित मिति (२०७९।०९।२०)
यस निगमको कान्तिपथस्थित प्रधान कार्यालय भवनको पश्चिम तर्फ टेबहाल सडक साईडमा अबस्थित भवनको भुई तल्लामा रहेका पसल कवलहरुको कुल क्षेत्रफल १५८५.५० वर्ग फिट, सोहि स्थानको १३३०.४४ वर्ग फिट र उत्तर—पश्चिमतर्फ रहेको पसल कवलहरुको कुल क्षेत्रफल ३३४४.०० बर्ग फिट रहेको स्थानमा २ (दुई) बर्षको लागि भाडामा दिईने भएको हुंदा ईच्छुक ब्यक्ति, फर्म वा संघ संस्थाहरुले निगमले तोकेको ढाँचामा सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । यो सुचना प्रकाशन भएको मितिले १५ औँ दिन भित्र निगमको केन्द्रिय कार्यालयस्थित दर्ता चलानी शाखाबाट रु ३०००/–(अक्षरुपी तिन हजार रुपैंया मात्र) फिर्ता नहुने गरी बोलपत्र फारम खरिद गर्न सकिनेछ र १६ औँ दिन, दिनको १२ः०० बजे भित्र निगमको दर्ता चलानी शाखामा बुझाउने गरी बोलपत्र आह्वान गरिन्छ र सोही दिन दिनको १३ः०० बजे निगमको केन्दि«य कार्यालयस्थित सम्पत्ति ब्यबस्थापन तथा सवारी महाशाखामा आबेदनपत्रदाता वा निजको प्रतिनिधिको रोहबरमा खोलिनेछ । बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा उक्त दिनहरु क्रमशः त्यसको भोलिपल्ट कार्यालय खुल्ला रहने दिनलाई मानिनेछ । यस सम्बन्धि विस्तृत जानकारीको लागि निगमको सम्पति व्यवस्थापन तथा सवारी महाशाखामा सम्पर्क राख्न सकिने छ ।
नेपाल बायुसेवा निगम
साधारण सेवा तथा सम्पति ब्यबस्थापन बिभाग
कान्तिपथ, काठमाण्डौ ।