Preloader

सिलबन्दी बोलपत्र आह्वान : दैनिक सरसफाई कार्य

  • Home
  • Notice & Publications
  • सिलबन्दी बोलपत्र आह्वान : दैनिक सरसफाई कार्य

सिलबन्दी बोलपत्र आह्वान : दैनिक सरसफाई कार्य

सिलबन्दी बोलपत्र आह्वान
(प्रथम पटक प्रकाशित मिति २०७९-०४-१५  )

निगमको अन्तराष्ट्रिय विमानस्थलस्थित इन्जिनियरिङ्ग र ग्राउण्ड सर्पोट डिपार्टमेन्ट तथा त्यसका हाताभित्रका कार्यालयहरु हैङ्गर क्षेत्र, नयॉ अपरेशन भवनमा रहेको यात्रु सेवा विभाग अन्र्तगतका विभिन्न कार्यालयहरु, कार्गो सेक्सनका कार्यालयहरु, अन्तराष्ट्रिय तथा आन्तरिक टर्मिनल भवनहरुमा रहेका कार्यालयहरुमा समेत दैनिक सरसफाई कार्य गर्नुपर्ने भएको हु‘दा नेपाल सरकारबाट सरसफाई सम्बन्धी कार्य गर्न इजाजतपत्र प्राप्त गरी नेपाल सरकार तथा सम्बन्धित संघ सस्थाहरुमा सो सम्बन्धी कम्तीमा पनि २ वर्ष कार्य गरेको अनुभव प्राप्त इच्छुक रजिस्र्टड फर्मबाट मात्र सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । बोलपत्र फारम यो सूचना गोरखापत्रमा  प्रथम पटक प्रकाशित भएको मितिले ३० दिन सम्म रु १,०००।– (अक्षरुपी एक हजार मात्र) तिरि निगमको केन्द्रिय कार्यालय कान्तिपथ, काठमाण्डौस्थित दर्ता चलानी शाखाबाट कार्यालय खुल्ला रहने समयभित्र प्राप्त गर्न सकिने छ । प्राप्त बोलपत्रमा उल्लेखित प्रावधान एवं शर्तहरुको अधिनमा रही यो सूचना गोरखापत्रमा  प्रथम पटक प्रकाशित भएको मितिले ३१ औ दिन भित्र दिनको १२ :०० बजे सम्ममा शिलबन्दी बोलपत्र दर्ता गराई सक्नु पर्ने र सोही दिन दिनको १४ :०० बजे निगमकोे सम्पत्ति व्यवस्थापन तथा सवारी महाशाखामा शिलबन्दी बोलपत्रदाता वा निजको प्रतिनिधिको रोहवरमा सो बोलपत्र खोलिने छ । बोलपत्र खरिद गर्ने अन्तिम दिन र खोल्ने दिन सार्वजनिक बिदा पर्न गएमा उक्त दिनहरु क्रमशः त्यसको भोलिपल्ट कार्यालय खुल्ला रहने दिनलाई मानिनेछ । यस सम्बन्धि विस्तृत जानकारीको लागि निगमको सम्पति व्यवस्थापन तथा सवारी महाशाखामा सम्पर्क राख्न सकिने छ ।

नेपाल वायुसेवा निगम
साधारण सेवा तथा सम्पति व्यवस्थापन विभाग
कान्तिपथ, काठमाडौँ
 

Media Center