Preloader

Press Release 2080-02-04 : GBIA flight operation via KUL

Press Release 2080-02-04 : GBIA flight operation via KUL

नेपाल वायुसेवा निगमले २०८० जेठ २९ गते तद्नुसार १२ जुन २०२३ देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्दैछ । उडान तालिकाअनुसार काठमाडौं – क्वालालम्पूर – भैरहवा – काठमाडौं सेक्टरमा उडान गर्ने गरी टिकट बुकिङ्ग खुला गरेको छ । भैरहवाबाट हाल निगमले हप्ताको एक उडानबाट सुरु गर्ने र बजारको माग तथा निगमको वजार व्यवस्थापन अनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या बढाउँदै लैजाने योजना रहेको छ ।

मलेसियाको जोहोरबारुबाट क्वालालम्पूर अन्तर्राष्ट्रिय विमानस्थल (KLIA) सम्म आवतजावत गर्न निकट भविष्यमा Shuttle Bus को व्यवस्था पनि गर्दैछ । यस पश्चात यात्रुले निगमको जहाजबाट काठमाडौदेखि क्वालालम्पुर र जोहोरबारुसम्म, त्यसैगरी जोहोरबारुबाट समेत काठमाडौ वा भैरहवासम्मको टिकट लिई सहज रुपमा यात्रा गर्न सक्नेछन् । यसबाट यात्रुहरुलाई थप सुविधा पुग्ने निगमले विश्वास लिएको छ ।

भगवान गौतमबुद्धको जन्मस्थानमा अन्तर्राष्ट्रिय यात्रूहरुलाई समेत आकर्षण गर्ने गरी थप ट्राभल प्याकेजहरुको पनि व्यवस्था गरिनेछ ।

Click here for the details.

Download

Media Center