Preloader

Press Release 2081-01-16 : नेपाल वायुसेवा निगमको जहाज इजरायलमा मर्मत सम्भार सकि काठमाण्डौं आइपुग्यो ।

  • Home
  • Press Release
  • Press Release 2081-01-16 : नेपाल वायुसेवा निगमको जहाज इजरायलमा मर्मत सम्भार सकि काठमाण्डौं आइपुग्यो ।

Press Release 2081-01-16 : नेपाल वायुसेवा निगमको जहाज इजरायलमा मर्मत सम्भार सकि काठमाण्डौं आइपुग्यो ।

नेपाल वायुसेवा निगमको 9N-AKX जहाज आवश्यक मर्मत पश्चात् इजरायलबाट दुबई हुँदै मिति २०८१ बैशाख १५ गते शनिबार साँझ ९ः५६ बजे काठमाण्डौं अवतरण भएको छ । उक्त जहाजको एउटा इन्जिनमा प्राविधिक समस्या आई इजरायल स्थित नियमानुसार छनौट भएको Maintenance and Repair Organization- MRO मा मर्मत भइरहेको थियो । मर्मतको क्रममा आवश्यक प्राविधिक जाँच पड्ताल गर्दा अन्य  प्राविधिक समस्याहरुको अलावा इन्जिन भित्रको ३१ वटा ब्लेड पुरै फेर्नुपर्ने देखिएको र MRO तथा निगमका सम्बन्धित इन्जिनियरहरु एवं प्राविधिकहरुको प्रतिवेदन अनुसार सो सँग सम्बन्धित पार्टपुर्जाहरुको बजारमा अभाव भएको तथा युद्ध प्रभावित क्षेत्र भएको कारण आपूर्तिमा कठिनाइ भई मर्मत सम्भार कार्यमा केही ढिलाई हुन पुगेको देखिएता पनि वर्तमान नेतृत्व, प्राविधिक तथा अन्य सम्बन्धित कर्मचारीहरुको लगातारको अथक प्रयासबाट युद्ध प्रभावित क्षेत्र भएको अवस्थामा समेत इन्जिनको सकेसम्म छिटो मर्मत गराई जहाज उडान योग्य भएको छ ।

Download

Media Center