Preloader

Press Release 2081-03-17 : नेपाल वायुसेवा निगमको ६६ औं वार्षिक उत्सव सम्पन्न

  • Home
  • Press Release
  • Press Release 2081-03-17 : नेपाल वायुसेवा निगमको ६६ औं वार्षिक उत्सव सम्पन्न

Press Release 2081-03-17 : नेपाल वायुसेवा निगमको ६६ औं वार्षिक उत्सव सम्पन्न

नेपाल वायुसेवा निगमको ६६ औं वार्षिक उत्सव सम्पन्न

नेपाल वायुसेवा निगमको ६६ औं वार्षिकोत्सव आज मिति २०८०/०३/१७ गते तद्नुसार ०१ जुलाई, २०२४ का दिन भव्यताका साथ मनाइएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पुजा आराधना पश्चात् निगमको कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले आमन्त्रित सवैलाइ स्वागत गर्दै सहभागिताको लागि धन्यवाद ज्ञापन गर्नुभयो । उक्त कार्यक्रममा माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री हित बहादुर तामाङज्यूले नेपाल वायुसेवा निगमको उत्तरोत्तर प्रगती तथा उन्नतीको कामना सहित हार्दिक शुभकामना दिँदै प्रभातफेरी कार्यक्रमको शुरुवात गर्नुभयो । उक्त प्रभातफेरी निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भई न्यूरोड, भोटाहिटि, भद्रकाली, शहिदगेट हुँदै निगमको प्राङ्गणमा आई टुँगिएको थियो ।

Download

Media Center