Preloader

Press Release 2081-05-27 : निगमको वाइडबडी  जहाज 9N- ALY (अन्नपूर्ण) सि चेकको मर्मत संभार कार्य गरि अवतरण गरिसकेको छ

  • Home
  • Press Release
  • Press Release 2081-05-27 : निगमको वाइडबडी  जहाज 9N- ALY (अन्नपूर्ण) सि चेकको मर्मत संभार कार्य गरि अवतरण गरिसकेको छ

Press Release 2081-05-27 : निगमको वाइडबडी  जहाज 9N- ALY (अन्नपूर्ण) सि चेकको मर्मत संभार कार्य गरि अवतरण गरिसकेको छ

नेपाल वायुसेवा निगमको वाइडबडी  जहाज 9N- ALY (अन्नपूर्ण) को नियमित सि चेकको मर्मत पश्चात् European Aviation Safety Agency (EASA) र  Federal Aviation Administration (FAA) बाट मान्यताप्राप्त युरोपेली मुलुक इटलीको  Maintaiinance and Overhaul organization - MRO कम्पनी Attitech ले अन्तर्राष्ट्रिय बिधिसम्मत प्रकृया पूरा गरि सि चेकको मर्मत संभार कार्य गरि Certificate of Release to Service (CRS) प्रदान गरेको छ र उक्त जहाज  आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ ।

उक्त MRO बाट CRS प्राप्त भए पश्चात् नेपालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले आवश्यक  अनुमतीको लागि बिधिसम्मत प्रकृयाहरु पूरा गरि अनुमती दिए पश्चात् आज १२ सेप्टेम्बर, २०२४ तारिक बिहान ८:३६ बजे काठमाडौंमा अबतरण गरेको छ। यो सगैं लामो दुरीको जापान र अन्य अन्तर्राष्ट्रिय उडानमा ३ ओटा जहाजहरुले उडान भरी यात्रुहरुलाई थप सेवा दिने विश्वास गरिएको छ ।

Download

Media Center