Preloader

Press Release 2081-06-01: Instruction from Executive Chairman

Press Release 2081-06-01: Instruction from Executive Chairman

आगामी बडादशैं, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा नेपाल वायूसेवा निगमका जहाजहरुमार्फत नियमित उडानहरु सुचारु राखी यात्रुवर्गलाई सहज सेवा दिने उद्देश्यले २५ घण्टाभित्र साठी दिने कार्ययोजना स्पष्ट रुपमा पेश गरी तदारुकताकासाथ काम गर्न निगमका नायव महाप्रबन्धक(प्रा.), इन्जिनियरीङ्ग मेन्टेनेन्स विभाग, कन्टिन्युइङ्ग एयरवर्दिनेस विभाग, क्वालिटि एस्योरेन्स विभाग र वजार व्यवस्थापन विभागका विभागीय प्रमुखहरुलाई आज मिति २०८१/६/१ गते निगमका कार्यकारी अध्यक्ष युबराज अधिकारीले विशेष निर्देशन दिनुभयो । यसैगरी अत्यावश्यक र अत्यन्त जरुरी वाहेक अन्तर्राष्ट्रिय तालिम तथा भ्रमणमा कोहि नजान र मातहत कर्मचारीहरुलाई समेत नपठाउन प्रष्ट निर्देशन दिनुभयो ।

साथै, उक्त अवधीमा निगमका सवै विभागका ईन्चार्ज र प्रबन्धकदेखि माथिका जिम्मेवार कर्मचारीहरुलाई कार्यालयको काममा वाधा पर्ने गरी विदा नदिन समेत निर्देशन दिनुभयो ।

Download

Media Center