- 18 Nov 2024
Press Release 2081-08-03: नेपाल वायुसेवा निगमको 9N-ALZ जहाज सि–चेक पश्चात काठमाडौं आइपुग्यो ।
नेपाल वायुसेवा निगमको 9N-ALZ जहाज सि–चेक पश्चात काठमाडौं आइपुग्यो ।
नेपाल वायुसेवा निगमको A-330 वाइडवडी जहाज 9N-ALZ(मकालु) को नियमित सि–चेकको मर्मत पश्चात European Aviation Safety Agency (EASA) र Federal Aviation Administration (FAA) बाट मान्यताप्राप्त युरोपेली मुलुक इटालीको Maintenance and Overhaul Organization-MRO कम्पनी Atitech ले अन्तर्राष्ट्रिय बिधिसम्मत प्रक्रिया पुरा गरि सि–चेकको मर्मत संभार कार्य सम्पन्न गरि Certificate of Release to Service (CRS) प्रदान गरेको छ र नियमानुसार प्रक्रिया पुरा गरि उक्त जहाज आज मिति १८ नोभेम्बर, २०२४ तारिक बिहान ०८ः ५२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवतरण गरेको छ ।
युरोपेली मुलुकहरु (EU) मा नेपाललाई Safety List मा राखेको अवस्थामा पनि नेपाल वायुसेवा निगमको दुई वटै वाइडवडी जहाजहरु युरोपको इटाली स्थित Naples मा मर्मत सम्भार कार्य सम्पन्न भएको छ । उक्त जहाज सहित निगमका चार वटै जहाजहरुले निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुमा नियमित उडान गरे सँगै यात्रुहरुलई थप सेवा पुग्ने विश्वास गरिएको छ ।