- 24 Nov 2024
Press Release 2081-08-09 : नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नवेच्ने सम्वन्धमा ।
नेपाल वायुसेवा निगमको मितिः २०८१/८/६ को प्रेस विज्ञप्तिको सन्दर्भमा थप प्रष्ट पार्दै राष्ट्रिय ध्वजावाहकले राष्ट्रिय दायित्व निर्वाह गर्दै निगमको अन्तर्राष्ट्रिय सेक्टरहरुको इकोनोमी क्लासको माथिल्लो भाडादरमा सर्वसाधारणलाई अन्तर्राष्ट्रिय टिकट नवेची सो भन्दा तलको भाडादरमा मात्र विक्रि गर्ने निर्णय भएको व्यहोरा सम्वन्धित सवैमा जानकारी गराईन्छ ।
निगमले नियमानुसार उपलव्ध गराएको दरभन्दा वढि मुनाफा लिएर कालोबजारी गरेको पाईएमा नियमानुसार कडा कारवाही गर्नको लागि सप्रमाण जानकारी गराउन सम्वन्धित सवैमा निगम पुनः अनुरोध गर्दछ ।