Preloader

Press Release 2082-02-01 : नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको दुईदिने समिक्षा बैठक

  • Home
  • Press Release
  • Press Release 2082-02-01 : नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको दुईदिने समिक्षा बैठक

Press Release 2082-02-01 : नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको दुईदिने समिक्षा बैठक

नेपाल वायुसेवा निगमको अन्तराष्ट्रिय स्टेशनहरुको दुईदिने समिक्षा बैठक आज मिति २०८२/०२/०१ गते माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री बद्रीप्रसाद पाण्डेज्यूद्वारा समुद्घाटन भएको छ । माननीय मन्त्रीज्यूद्वारा उक्त कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटन क्षेत्र मुलुकको कुल ग्राहस्थ उत्पादनको प्रमुख आधार रहेको र सो क्षेत्रलाई चलायमान बनाउन राष्ट्रिय ध्वजाबाहक अपरिहार्य रहेको धारणा राख्दै राष्ट्रिय ध्वजाबाहकलाई सबल तथा सक्षम बनाउन थप जहाज प्राप्ति र व्यवस्थापकीय सुधार सँगसँगै लैजानुपर्ने धारणा राख्नुभयो । साथै आपत विपतको समयमा नेपालको हवाइ भाडामा हुने अस्वभाविक कार्टेलिङ रोक्न निगमको हस्तक्षेपकारी उपस्थिति अत्यावश्यक रहेको र सो प्रयोजनको निमित्त पनि आन्तरिक तथा अन्तराष्ट्रिय क्षेत्रमा उडान गर्नका लागि निगमलाई थप जहाजहरु आवश्यक पर्ने बताउँदै सो का लागि मन्त्रालयस्तरबाट सकारात्मक सहयोग हुने धारणा राख्नुृभयो ।

Download

Media Center