- 27 May 2025
Press Release 2082-02-13
नेपाल वायुसेवा निगमको Y12E (9N-AKU) विमान नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा भएको दुर्घटनाको कारवाहीका सम्बन्धमा नेपाल नागरिक उड्डयन प्राधिकरणको प.सं.FSSD/970/076-77, मिति २०७७।०२।२१ को पत्रमार्फत् निगमका पूर्व क्याप्टेन श्री कुल बहादुर लिम्बुलाई नेपाल नागरिक उड्डयन प्राधिकरण, नागरिक उड्डयन नियमावली, २०५८ को नियम ८० तथा CAAN Enforcement Policy and Procedure Manual को 12.5.4 बमोजिम प्राधिकरणबाट जारी गरिएको निजको इजाजतपत्र ATPL(A-061) निलम्बन गरी उडानमा रोक लगाइएको थियो । निज क्या. श्री कुल बहादुर लिम्बुको इजाजतपत्र निलम्बन गरिएको कारण निजको सेवा निगमले लिन नसक्ने अवस्था सृजना भएको र निगम र निजबीच भएको करार सम्झौता अनुसार तत्कालीन व्यवस्थापन (कार्यकारी अध्यक्ष श्री सुशिल घिमिरेज्यू हुँदा) बाट निजको करार सेवा मिति २०७७।०३।०१ देखि लागु हुने गरी भंग गरिएकोमा निज क्या. श्री कुल बहादुर लिम्बुले सम्मानित सर्वाेच्च अदालतमा मुद्दा दायर गरेकोमा सम्मानित सर्वाेच्च अदालतबाट मिति २०७७।०८।२२ मा निजसँग निगमले करार सम्झौता भंग गरेको विषयलाई कानुनसम्मत नै रहेको भनी फैसला भएको थियो ।
Download