Sealed Tender Notice to rent out WRC, Complex Building of Nepalgunj || Nepal Airlines Corporation
Sealed Tender Notice to rent out WRC, Complex Building of Nepalgunj

28 Sep, 2018


सिलबन्दी बोलपत्र आह्वान

(प्रथम पटक प्रकाशित मिति २०७५।०६।१२) 


निगमको नेपालगंज उप-महानगरपालीका, वडा नं १२, धम्बोझी, सुर्खेटरोडस्थित भवनको मूल ढोका देखि तेश्रो तल्ला सम्मको ७३०० बर्ग फिट एरियाको भवन (निवास प्रयोजनको लागि बनाईएको भुई तल्ला देखिको हिस्सा बोहक) दुई बर्षको लागि भाडामा दिईने भएको हुंदा ईच्छुक सरकारी, अर्ध-सरकारी, बित्तिय संस्था, फर्म वा संघ संस्था एवं ब्यक्तिहरुवाट सिलबन्दी बोलपत्र आह्वान गरिन्छ । बोलपत्र फारम, यो सूचना नागकि दैनिकमा प्रथम पटक प्रकाशित मितिले ३१ औ दिन भित्र रु. १,०००।- (अक्षरुपी : रुपैया एक हजार मात्र, फिर्ता नहुने) तिरी निगमको पश्चिमाञ्चल क्षेत्रीय केन्द्र, नेपालगंजबाट प्राप्त गर्न सकिने छ । प्राप्त बोलपत्रमा उल्लेखित प्राबधान एवं शर्तहरुको अधिनमा रहि यो सूचना नागरिक दैनिकमा प्रथम पटक प्रकाशित भएको मितिले ३१औं दिन, दिनको १२ः०० बजे सम्ममा नेपालगञ्जस्थित निगमको कार्यालयमा बोलपत्रदर्ता गराई सक्नुपर्ने छ र सोही दिन, दिनको १४ः०० बजे निगमको नेपालगञ्जस्थित कार्यालयमा खोलिनेछ । यस सम्बन्धि बिस्तृत जानकारी प्राप्त बोलपत्र को वेभसाईट मा हेर्न सकिने छ ।


Download ( 45.44kB )