Preloader

निगमको 9N-AKW जहाज आज बेलुकीबाट उड्ने

  • Home
  • Press Release
  • निगमको 9N-AKW जहाज आज बेलुकीबाट उड्ने

निगमको 9N-AKW जहाज आज बेलुकीबाट उड्ने


निगमको जहाज ग्राउण्डेड भएको भन्ने सम्बन्धमा विभिन्न सञ्चार माध्यमहरुमा आएका समाचार प्रति निगमको ध्यानाकर्षण भएको छ । निगमका जहाजहरुको नियमित मर्मत संभार र Inspection गर्ने क्रममा 9N-AKW जहाजको दायाँ इन्जिनको एउटा ATTRITION LINING मा प्राविधिक समस्या देखिएकोले सो को मर्मत भइरहेको र उक्त जहाज मर्मत पश्चात आज बेलुकीसम्ममा नियमित उडानमा पठाइने जानकारी गराइन्छ । 
नियमित मर्मत संभारका बावजुत पनि निगमसँग भएका दुई वटा A-320 जहाजमा एकै समयमा चरा ठोकिएको (Bird Hit) कारण इन्जिनमा प्राविधिक समस्या आई ग्राउण्डेड भएकोले उपलब्ध अन्य जहाजबाट पूर्व निर्धारित उडानहरु सूचारु राखिएको  व्यहोरा जानकारी गराउँदै यसबाट यात्रु वर्गमा पर्न गएको असुविधा प्रति निगम क्षमाप्रार्थी छ ।

Download

Media Center