Preloader

Press Note 2080-06-25: Israel Humanitarian flight

Press Note 2080-06-25: Israel Humanitarian flight

नेपाल सरकार मन्त्रीपरिषदको निर्णय र सम्माननीय प्रधानमन्त्रीज्युको बिशेष निर्देशन एवम श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्युको बिशेष निर्देशन अनुसार  नेपाल वायुसेवा निगमले राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै  आज मिति २०८० आश्विन २५ गते बिहान ४ बजे उडान नं RA 229-2353 बाट इजरायलतर्फ उद्दर उडानको लागि प्रस्थान गरि परराष्ट्र मन्त्रालय र नेपाली दूतावास तेल अविवको सहकार्यमा २५४ जना नेपालीको उद्दार गरि २०८० आश्विन २६ गते बिहान उडान नं RA 2354-230 बाट ०२:४२ बजे काठमाडौ अवतरण गर्दै छ । 

राष्ट्रलाई समस्या परेको बेला बिगतमा झैँ  नेपाल सरकारको निर्देशन बमोजिम यस पटक समेत आपत बिपत परेका नेपालीको उद्दारमा खटिने अवसर पाएको र राष्ट्रलाइ योगदान गर्न सकेकोमा गौरवान्वित महसुस भएको छ । यस्ता उद्दार कार्यमा सहभागी हुन र राज्यको सशक्त उपस्थिती देखाउन राष्ट्रिय ध्वजाबाहकको आवश्यकता र महत्व अझै टड्कारो  रुपमा देखिएको छ। 

यस उद्दार उडानका चालक वरिष्ठ काप्तान श्रवण रिजाल लगाएत सम्पुर्ण उडान दल, कर्मचारी, सहयोगी निकाय, नेपाल सरकार एवम समस्त सहयोगी हातहरुप्रती  बिशेष धन्यवाद दिदै निगमका कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले आभार प्रकट गर्नुभएको छ ।

Download

Media Center