Preloader

Press Release 2080-03-10 : Human Resources and Ground Handling Service

  • Home
  • Press Release
  • Press Release 2080-03-10 : Human Resources and Ground Handling Service

Press Release 2080-03-10 : Human Resources and Ground Handling Service

नेपाल वायुसेवा निगमको कर्मचारी संख्या र ग्राउण्ड ह्याण्डलिङ्ग सेवा सम्बन्धमा सम्मानित संसदमा समेत विषय उठान भएको सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । नेपाल वायुसेवा निगम ऐन, २०१९ मा व्यवस्था भए अनुसार निगमले हवाई उडान र ग्राउण्ड ह्याण्डलिङ्ग कार्य गर्दै आइरहेको छ ।  निगमले हाल १० वटा अन्तर्राष्ट्रिय गन्तव्यमा हप्ताको ४३ उडान र १६ आन्तरिक गन्तव्यमा हप्ताको २५ वटा उडान गर्दै आइरहेको छ । 
निगममा स्थायी ८४०, करार र ज्यालादारीमा ५०१ गरी हाल जम्मा १,३४१ जना कर्मचारी कार्यरत रहेका छन् । कार्य प्रकृति अनुसार तीन सिफ्टमा काम गर्ने गरी कर्मचारीहरुको बाँडफाँड गरिएको छ । 
विगतमा विश्वव्यापी कोरोना महामारीको कारण व्यवसायमा आएको मन्दीले अन्य व्यवसायिक संस्थाहरुमा कर्मचारी कटौती भए सँगै निगमले पनि करार र मासिक ज्यालादारीका कर्मचारीहरुलाई पछि आवश्यक परे लिन सकिने गरि कटौती गरेको थियो । हाल महामारीमा केही कमी आई व्यवसायमा क्रमश सुधार भइरहेको अवस्थामा नियमित कार्य गर्न न्यूनतम आवश्यक पर्ने कर्मचारी व्यवस्थापन भएको छ । कुन कार्यको लागि कति कर्मचारी खटाइएका छन् भन्ने कुरा यहां प्रष्ट पारीसकिएकोले तथ्य र वस्तुगत आधारमा सत्य तथ्य बुझ्न एवं अनावश्यक भ्रममा नपर्न निगम सम्बन्धित सबैमा अपिल गर्दछ ।

Download

Media Center