Preloader

Press Release 2080-03-16: NAC 65th Anniversary

Press Release 2080-03-16: NAC 65th Anniversary

नेपाल वायुसेवा निगमको ६५ औं वार्षिकोत्सव आज मिति २०८०-०३-१६ गते तदानुसार ०१ जुलाई २०२३ का दिन भव्यताका साथ मनाइएको छ । उक्त अवसरमा वैदिक विधि अनुसार आकाश भैरवको पूजा आराधना पश्चात् निगमको प्रधान कार्यालय कान्तिपथबाट सुरु भएको पैदल यात्रा वसन्तपुर, आकाश भैरव मन्दिर, असन, जमल, घण्टाघर, शहिदगेट हुँदै निगमको प्राङ्गणमा आई निगमको कार्यकारी अध्यक्ष श्री युबराज अधिकारीले हार्दिक शुभकामना तथा सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै समापन गर्नुभयो । उक्त अवसरमा बोल्दै कार्यकारी अध्यक्षले सम्पूर्ण कर्मचारीहरुलाई अनुशासित भई एकजुट भएर बाधा अड्चनलाई छिचोल्दै, राष्ट्रिय दायित्वको भूमिका निर्वाह गर्दै, राष्ट्रिय ध्वजावाहकको मान र स्वाभिमान कायम राख्दै निगमको हितमा कार्य गर्नुपर्नेमा जोड दिनुभयो । 

Download

Media Center