Preloader

Press Release 2080-06-30: निगमका सबै जहाजहरु संचालनमा

  • Home
  • Press Release
  • Press Release 2080-06-30: निगमका सबै जहाजहरु संचालनमा

Press Release 2080-06-30: निगमका सबै जहाजहरु संचालनमा

निगमका सबै जहाजहरु संचालनमा:

गत केही दिन देखि निगमका जहाजहरुमा प्राबिधिक समस्या आएका कारण जहाज अल्पकालीन ग्राउन्डेड भई उडानहरु प्रभावित भएको हुंदा नियमानुसार आवश्यक मर्मत पस्चात् नेपालीहरुको महान चाड बडादशैं, शुभ दिपावली तथा छठ पर्व नजिकिदै गर्दा
मिति २०८० आश्विन  २९ गते देखि सबै जहाजहरु नियमित उडानमा रहेका छन । यसबाट चाडपर्वका अवसरमा सबै यात्रुहरुलाइ आ-अफ्नो गन्तब्यमा पुग्न सहज हुनेछ भन्ने निगमको बिश्वास रहेको छ ।

अल्पकालीन प्राबिधिक समस्याको कारण उडान प्रभावित भई यात्रुवर्गमा पर्न गएको असुविधा प्रती क्षमायाचना गर्दै आगामी दिनमा यस्ता समस्या न्यूनीकरण गर्न उचित व्यवस्थापन गर्दै लैजान निगम प्रतिबद्ध रहेको छ ।

साथै, यस्ता समस्याहरु दोहोरिन नदिने गरि काम गर्न सम्बन्धित प्राविधिक विभागहरुलाई कार्यकारी अध्यक्ष युबराज अधिकारीले कडा निर्देशन दिदै उक्त जहाज ग्राउन्डेड हुनुका कारणहरुबारे स्पष्ट पार्न र कतै कसैको कमि कमजोरी भएमा कडा कार्वाही समेत हुने भनी निर्देशन दिनुभएको छ ।

Download

Media Center