Preloader

Press Release 2080-07-19 : भूकम्पबाट घाइते भएकाहरुको लागि निः शुल्क उद्दार उडान तथा राहत सामाग्री ढुवानी सम्वन्धमा

  • Home
  • Press Release
  • Press Release 2080-07-19 : भूकम्पबाट घाइते भएकाहरुको लागि निः शुल्क उद्दार उडान तथा राहत सामाग्री ढुवानी सम्वन्धमा

Press Release 2080-07-19 : भूकम्पबाट घाइते भएकाहरुको लागि निः शुल्क उद्दार उडान तथा राहत सामाग्री ढुवानी सम्वन्धमा

भूकम्प प्रभावित क्षेत्रमा उद्दार कार्यमा खटिन श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीज्यूको विशेष निर्देशन अनुसार नेपाल वायुसेवा निगमको 9N-ABT कल साइनको ट्वीनअटर विमान तत्कालै परिचालन भई मिति २०८० कात्र्तिक १८ गते बिहान ८ः१७ बजे रुकुम तर्फ उडान भरी नेपाल सरकारको समन्वयमा घाइतेहरुलाई नेपालगञ्ज तथा काठमाण्डौं सम्म उद्दार गरी लगिएको र उक्त विमानमार्फत निगमले सो क्षेत्रमा आफ्नो सेवा सुचारु राखेको छ । भूकम्प प्रभावित क्षेत्रबाट उद्दार गरिएका घाइते र कुरुवाको हवाई भाडा सामाजिक उत्तरदायित्व अन्तर्गत निगमले निःशुल्क गर्ने निर्णय गरेको छ । साथै, नेपाल सरकारको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुने राहत सामाग्री समेत जहाजको क्षमता र ठाउँ उपलव्धताको आधारमा निगमको उडान हुने सेक्टरबाट सेड्युल उडानमा निःशुल्क ढुवानी गरिनेछ ।

Click here for the details.

Download

Media Center