Preloader

Press Release 2080-09-03 : निगमको आम्दानी दोब्वर भन्दा बढीले वृद्धि भएको सम्बन्धमा

  • Home
  • Press Release
  • Press Release 2080-09-03 : निगमको आम्दानी दोब्वर भन्दा बढीले वृद्धि भएको सम्बन्धमा

Press Release 2080-09-03 : निगमको आम्दानी दोब्वर भन्दा बढीले वृद्धि भएको सम्बन्धमा

नेपाल वायुसेवा निगमको आम्दानी गत तीन वर्षमा दोब्वर भन्दा बढीले वृद्धि भएको छ । महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदन अनुसार निगमको कुल आम्दानी आ.व २०७७/७८ मा रु.९ अर्ब १० करोड ९७ लाख ३१ हजार ८४५ रहेको थियो भने आ.व २०७८/७९ मा रु.१६ अर्ब ४६ करोड ३२ लाख ६० हजार ३३३ रहेको छ । त्यसैगरी आ.व २०७९/८० को प्रारम्भिक कुल आम्दानी रु. २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको छ । यसरी हेर्दा निगमले गत ३ वर्षमा आफ्नो आम्दानीमा १४४ % ले वृद्धि गरेकोे छ । 

विगत आठ बर्ष देखि निगमसँग अन्तर्राष्ट्रिय तर्फ ४ वटा र आन्तरिक तर्फ २ वटा जहाज उडानमा रहेका छन् । निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धी हासिल गर्न सफल भएको र निगम विस्तारै प्रगति उन्मुख भएर अगाडि बढेको पुष्टि गर्दछ । हालको बजार माग सम्बोधन गर्न र प्रतिस्पर्धात्मक ढंगले बजारीकरण गरी अझै धेरै आम्दानी गर्नको लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमि रहेकोले यस तर्फ आवश्यक कार्ययोजना बनाई अगाडि बढ्ने कार्य भइरहेको छ ।
 

Download

Media Center