Preloader

Press Release 2080-10-13: नेपाल वायुसेवा निगमको सिनामंगल स्थित जग्गामा केन्द्रिय कार्यालय भवन निर्माण स्थलको भूमिपूजन गरिएको सम्बन्धमा

  • Home
  • Press Release
  • Press Release 2080-10-13: नेपाल वायुसेवा निगमको सिनामंगल स्थित जग्गामा केन्द्रिय कार्यालय भवन निर्माण स्थलको भूमिपूजन गरिएको सम्बन्धमा

Press Release 2080-10-13: नेपाल वायुसेवा निगमको सिनामंगल स्थित जग्गामा केन्द्रिय कार्यालय भवन निर्माण स्थलको भूमिपूजन गरिएको सम्बन्धमा

आज मिति २०८० माघ १३ गते काठमाण्डौं महानगरपालिका वडा नं.–९, सिनामंगल स्थित नेपाल वायुसेवा निगमको जग्गामा निकट भविष्यमा बहुवर्षीय योजना अन्तर्गत निर्माण गरिने निगमको केन्द्रिय कार्यालय भवन, In-Flight Kitchen भवन, निगमलाई आवश्यक पर्ने पार्किङ स्थल तथा अन्य आवश्यक संरचना निर्माण स्थलको माननीय श्री संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीज्यूबाट भूमिपूजन कार्य सम्पन्न भयो ।

उक्त कार्यक्रममा निगमका सञ्चालक समिति सदस्य श्री किशोर प्रधान, बरिष्ठ क्याप्टेन श्री सुधिर शमसेर राई, श्री अमृतमान श्रेष्ठ निगम व्यवस्थापनका उच्चपदस्थ पदाधिकारीहरु, निगममा क्रियशिल चार वटै ट्रेड यूनियनका प्रतिनिधिहरु, निगमका कर्मचारीहरु तथा सञ्चारकर्मीहरुको उपस्थिति थियो ।

 

Download

Media Center