Preloader

Press Release 2081-01-03: नेपाल वायुसेवा निगमद्धारा २०८० चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

  • Home
  • Press Release
  • Press Release 2081-01-03: नेपाल वायुसेवा निगमद्धारा २०८० चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

Press Release 2081-01-03: नेपाल वायुसेवा निगमद्धारा २०८० चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

नेपाल वायुसेवा निगमद्धारा २०८० चैत्र मसान्तसम्मको जहाजको ऋण भुक्तानी

 

निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८० चैत्र महिनाको किस्ताबापत पुरा र दुई वाइडबडि जहाजको आंशिक गरी मिति २०८० चैत्र ३० गते जम्मा रु ५३,०९,५५,२८१ (अक्षरेपी त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुई सय एकासी रुपैयाँ मात्र) रकम भुक्तानी गरेको छ ।

 

निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेपश्चात निगमले २०८० चैत्र सम्मको अवधिमा ५ अर्व ३६ करोड ६६ लाख ८६ हजार ९६८ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको छ ।

 

साथै, विश्वव्यापी कोरोना भाइरसको कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सो असर रहेको अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एवं किस्ताको संख्या वृद्दि गरेर ऋण दायित्व भुक्तनीलाइ सहजीकरण गरिदिन समेत निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको र यस सम्बन्धमा छलफल समेत भइरहेको छ ।

Download

Media Center